+
+
Shares

वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असोज ४ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राका लागि रथ निर्माण, सरसफाइ, रङरोगन र रातो ध्वजा फेर्ने काम भइरहेको छ।
  • नेवारी समुदायले मनाउने इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा मनाइन्छ।
  • इन्द्रजात्रामा लिंगो ठड्याएर भैरवको पूजा गर्ने र आठौं दिनपछि आश्विन कृष्ण चौथीमा ‘इन्द्रध्वज पातन’ गर्ने परम्परा छ।

४ असोज, काठमाडौं । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ। हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ।

खास गरी नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ।

यस जात्रामा लिंगो ठड्याइन्छ। यसरी ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने, लडाउने गरिन्छ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?