+
+
Shares

मकवानपुरकी कांग्रेस नेत्री खनालले सहमहामन्त्रीमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते २२:२२

१८ असोज, काठमाडौं । मकवानपुर कांग्रेसकी नेतृ रिता खनालले पार्टीको आजबाट सुरु भएको महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

मकवानपुर क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले आफू सहमहामन्त्री पदका लागि उम्मेदवारी दिन लागेको जानकारी गराइन् ।

बदलिएको नेतृत्व र बदलिएको कांग्रेसले मात्रै पार्टीलाई सहि दिशमा डोर्‍याउँदै देशको नेतृत्व गर्ने तहमा लानसक्ने उनको बुझाइ छ ।

उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई मत दिने विजयी गराउन अपिल समेत गरेकी छिन् ।

कांग्रेसलाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माजस्ता युवा नेताहरूले अघि बढाउन सक्ने उनले बताइन् ।

उनी नेपाल ट्रेड युनियन कांग्रेसमार्फत सक्रिय रहँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?