१६ असोज, धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरी बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिव ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4