+
+
Shares

चितवनमा मर्निङ वाकमा निस्किएका व्यक्तिमाथि बाघको आक्रमण, ११ घण्टापछि शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिका–२८ मा मङ्गलबार बिहान बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु भएको छ ।
  • बिहान ५ बजे मर्निङ वाकमा निस्किएका बोटे बेपत्ता भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी सामुदायिक वनमा उनको शव भेटिएको छ ।
  • प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जको टोलीले हात्तीको प्रयोग गरी खोजतलास गर्दा साँझ ४:२० बजे बोटेको शव फेला परेको हो ।

२६ साउन, काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय मंगले बोटे रहेका छन् । मंगलबार बिहान करिब ५ बजेतिर मर्निङ वाकमा निस्किएका बोटेलाई भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघले आक्रमण गरेको थियो ।

मर्निङवाकमा निस्किएका बोटे एक्कासी बेपत्ता भएपछि उनको खोजतालस गरिएको थियो ।

बिहान करिब ८ बजेतिर उक्त स्थानमा बाघ देखिएको भन्ने खबरपाएसँगै प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासन टोली र स्थानीयले हात्तीको प्रयोग गरी खोजतलास गरिएको थियो ।

खोजतलास गर्ने क्रममा साँझ ४:२० बजे घटनास्थलबाट करिब ४/५ किलोमिटर पूर्व राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा उनको शव फेला परेको थियो ।

बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको र शवको पहिचान बोटेका छोराले सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?