+
+
Shares

स्याङ्जामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:४१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका २५ वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको छ ।
  • सल्यान घर भई गल्याङमा पुल निर्माणको काम गर्दै आएका बस्नेतको शव घटनास्थल नजिकै फेला परेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
  • घटनाको जानकारी पाउनासाथ प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य सुरु गरेको थियो भने अहिले थप अनुसन्धान भइरहेको छ ।

२५ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

स्याङ्जा प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ घर भई हाल गल्याङ नगरपालिका–११ मुडकिल्लामा बस्दै आएका २५ वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको हो ।

बस्नेत गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनी सोही क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएपछि प्रहरी चौकी गल्याङ र सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर हेडक्वार्टर गुल्म वालिङबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो ।

खोजतलासका क्रममा बेपत्ता भएको स्थाननजिकै सोमबार दिउँसो उनको शव फेला परेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?