+
+
Shares

रविन्द्रको शव ६ दिनदेखि काठमाडौंमा, कप्तानगञ्जमा आन्दोलन

त्रिवि शिक्षण अस्पतालमा रहेको उनको शव बुझ्न आफन्तले मानेका छैनन्। यता गाउँमा स्थानीय र आफन्तले दिनहुँ सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा साउन १० गते प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र मेहताको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
  • पीडित परिवारले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मृतकको शव बुझ्न अस्वीकार गर्दै प्रदर्शन जारी राखेका छन् ।
  • स्थानीयले मृतकलाई शहीद घोषणा गर्नुपर्ने र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राखी काठमाडौँमा रहेको शव उठाउन मानिरहेका छैनन् ।

२५ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा १० साउनमा भएको झडपछि सुरु भएको विवाद अझै साम्य भएको छैन । प्रदर्शनमा गोली लागेर तीन जनाको ज्यान गयो।

प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दाहसंस्कार गरिसकिएको छ। रविन्द्र मेहताको शव एकसातादेखि काठमाडौंमा छ। त्रिवि शिक्षण अस्पतालमा रहेको उनको शव बुझ्न आफन्तले मानेका छैनन्।

यता गाउँमा स्थानीय र आफन्तले दिनहुँ सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। स्थानीय राकेशकुमार यादव पीडित परिवारसँग गरेको ७ बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गर्छन् ।

‘पहिलेको सहमति र प्रतिबद्धताहरूलाई वास्ता नगर्ने अनि अर्को पीडित परिवारलाई न्यायबिना नै शव बुझ्न लगाउनुको नियत के हो ?’ उनले सोधे,‘ हामीलाई खोक्रा आश्वासन होइन, पूर्वसहमति तत्काल कार्यान्वयन र स्पष्ट जवाफ चाहियो ।’

साउन १० गते राति प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । साउन १३ गते उपचारको क्रममा जयप्रकाशको पनि मृत्यु भयो । १३ साउनको राहतभरको छलफलपछि १४ साउनमा गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच ७ बुँदे सहमति भएको थियो ।

सहमतिपछि ओमप्रकाश र जयप्रकाशको परिवारले शव बुझेर अन्तिम संस्कार गरेका थिए । त्यसपछि केही शान्त भएको कप्तानगञ्ज क्षेत्र काठमाडौंमा उपचाररत २२ वर्षीय रविन्द्र मेहताको मृत्युपछि फेरि प्रदर्शन सुरु भएको छ।

साउन १९ गते मृत्यु भएका उनको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवार र सरकारबीच सहमति हुन नसक्दा शवको पोस्टमार्टम हुन नसकेको हो। बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो। टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङसँग पीडित परिवारको छलफल पनि भएको थियो। मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग कार्यान्वयन नभएको भन्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?