+
+
Shares

गलत बाटोबाट कब्जा गर्ने प्रयास भए लोकतन्त्रमा नै असर पर्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
  • सिटौलाले विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्दै यस्तो कार्यले लोकतान्त्रिक शासन पद्धतिमा असर पार्ने चेतावनी दिएका छन् ।
  • उनले १४ औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गरी क्रियाशील सदस्यहरूलाई विधिवत मान्यता दिनुपर्ने र अद्यावधिकका नाममा नाटक गर्न नहुने कुरा उल्लेख गरेका छन् ।

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने चेतावनी दिए ।

नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह पनि गरे ।

‘यहाँ पाल्नुभएका विशेष महाधिवेशनका तमाम साथीहरूलाई सबै पदाधिकारी सदस्य सबैलाई भन्न चाहन्छु तपाईंहरूले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ । त्यही बाटोबाट तपाईं हिँडिराख्नु भयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन त्यही बाटोबाट हिँडिराख्नु भयो भने नेपालको लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ,’ उनले भने ।

सिटौलाले केही नेताहरूले ‘जेन–जी मुभमेन्ट’ का कारण पूर्वसभापति शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भनी दिने गरेका अभिव्यक्तिप्रति पनि टिप्पणी गरे । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै १४ औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र क्रियाशील सदस्यहरूलाई विधिवत मान्यता दिन माग पनि गरे ।

‘तपाईंले एकपल्ट छातीमा हात राखेर सोच्नुस् २२ गते सम्म तपाईंहरू शेरबहादुरसँग कसरी कुरा गर्दै हुनुहुन्थ्यो अनि २५ गते कुन मनस्थितिमा पुग्नु भो तपाईंहरू ? एकपल्ट राम्ररी विचार गर्नुस् । कैले काहीँ भाषणमा गर्नुहुन्छ त्यही जेन–जी मुभमेन्टकै कारण त हामीले शेरबहादुरलाई निकाल्यौँ भन्ने खालको अभिव्यक्ति कहिलेकाहीँ दिनुहुन्छ,’ सिटौलाले भने, ‘यसमा मेरो एउटै भनाइ छ । हामीलाई हामीले त्यसबेला शेर बहादुरजीले दिनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो उपसभापति । हाम्रै सल्लाहले उहाँले एउटा वक्तव्य निकाल्नुभयो । तपाईंहरूले विघटन गरेको १४ औं महाधिवेशन कार्य समितिलाई तपाईं समायोजन गर्नुस् र १४ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुस् । नवीकरणलाई निरन्तरता दिनुस् । अध्यावधिकको नाममा नाटक गर्न पर्दैन ।’

अद्यावधिक गर्ने नाममा कुनैपनि किसिमको नाटक आवश्यक नरहेको बताउँदै नवीकरण प्रक्रियालाई निरन्तरता दिँदै १४ औं महाधिवेशनका क्रियाशील सदस्यहरूको अस्तित्वलाई स्वीकार गरिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?