News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।
- उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय गर्दै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई एकै ठाउँमा मिलाउनुपर्नेमा जोड दिनुभएको छ।
- पार्टीभित्र स्थापित विधि र प्रक्रियामार्फत निष्पक्ष निर्वाचन गरी जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्नुपर्ने स्पष्ट धारणा उहाँले राख्नुभएको छ।
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय हुनुपर्नेमा जोड दिए ।
पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकतावद्ध बनाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने तर्क उनको थियो ।
‘१५ औँ महाधिवेशन अगाडि आइरहेको छ, त्यसलाई चैँ एकताको महाधिवेशन गरौँ भन्ने हाम्रो भनाइ हो । एकातिर विशेष महाधिवेशन पक्षधर छ भने अर्को तिर हामी नियमित महाधिवेशन पक्षधर छौँ । दुवै पक्षका नेपाली कांग्रेस पार्टीलाई समग्र रूपमा अब मिलाउनको लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा क्लब गरौँ, एकै ठाउँमा राखौं,’ उनको प्रस्ताव छ ।
महाधिवेशनलाई स्वच्छ प्रतिष्पर्धाको थलो बनाउनुपर्ने र जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्ने कुरामा आफूहरू प्रस्ट रहेको उल्लेख उनले गरे । पार्टीभित्र नयाँ नभई स्थापित विधि र प्रक्रियालाई नै अवलम्वन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
‘त्यसपछि हामीले नेपाली कांग्रेसको विधि, नियम, अभ्यास, परम्परा अनुसार र नियम अनुसार महाधिवेशन गर्दाखेरी गर्नुपर्ने प्रक्रियाहरू पुरा गरेर यो चाहीँ फ्रि एण्ड फेयर १५ औँ महाधिवेशन गरौं । जो पपुलर छ त्यसैले लिडरसीप लिन्छ भन्ने कुरा हाम्रो क्लियर कट भनाइ रहँदै आएको छ,’ सिंहले भने, ‘हामी कुनै नयाँ, यो कांग्रेसको पार्टीभित्र महाधिवेशन हुँदाखेरी निष्पक्ष तवरले हुनको लागि हुनुपर्ने विधि प्रक्रिया जो छ त्यो प्रक्रियालाई पुरा गरौँ भन्ने हाम्रो भनाइ हो ।’
प्रतिक्रिया 4