News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका देशभर रहेका २ हजार ६६९ इकाईमध्ये १ हजार ८८४ इकाईको मात्र आफ्नै भवन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- प्रहरीका ३६३ इकाई भाडाको घरबाट र ४१८ इकाई अन्य निकायका भवनमा आश्रित रहेर सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले खुलाएको छ।
- देशभरका ६७४ प्रहरी इकाईको आफ्नो जग्गा नभएको र ८५३ इकाईमा मात्र ब्यारेकको सुविधा रहेको विवरण सार्वजनिक भएको छ।
२५ साउन, काठमाडौं । नेपाल प्रहरीका ३६३ इकाईहरू भाडाको घरबाट सञ्चालन भइरहेका छन् ।
आफ्नै भवन नहुँदा ती इकाईहरू भाडाका घरबाट सञ्चालन गर्नु परेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
त्यसैगरी ४१८ इकाई भने विभिन्न निकायका भवनहरूमा आश्रित रहेर सञ्चालन भइरहेका छन् ।
देशभर प्रहरीका २ हजार ६६९ इकाई छन् । ती मध्ये १ हजार ८८४ इकाईको मात्रै आफ्नै भवन छ । बाँकी भने भाडा र आश्रित भएर सञ्चालन भएका छन् ।
त्यसैगरी ६७४ इकाईको त आफ्नो जग्गा नै छैन । ८५३ इकाईमा ब्यारेक नै रहेको अवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4