News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको दुई छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको २४ लाख २ हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले स्याङ्जाका ईश्वर थापा र काठमाडौंका सुदर्शन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले नगद रकमसहित मोटरसाइकल र स्कुटर बरामद गरी अनुसन्धान सुरु गरेको छ।
२५ साउन, काठमाडौं । काठमाडौंको दुई बेग्लाबेग्लै स्थानबाट स्रोत नखुलेको २४ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापा र कठमाडौंको कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्का रहेका छन् ।
थापाको साथबाट १९ लाख ९४ हजार रूपैयाँ र खड्काको साथबाट ४ लाख ८ हजार रूपैयाँ गरी कुल २४ लाख २ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त दरबामार्गबाट खटिएको प्रहरीले आइतबार राति केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा थापाको साथबाट उक्त रकम बरामद गरेको हो ।
यसैगरी प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले आइतबार राति काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट खड्काको साथबाट उक्त रकम बरामद गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4