News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको झुम्का कारागारबाट फरार रहेका ३५ वर्षीय भूपाल राईलाई प्रहरीले शनिबार धरानबाट पक्राउ गरेको छ।
- धनकुटाको सागुरीगढी–९ निवासी राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
- गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका उनलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ।
२४ साउन, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ ।
गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए ।
उनी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4