+
+
Shares

लेटाङमा प्रहरीको ‘बीएमआई परीक्षण’ कार्यक्रम सुरु

मोरङको लेटाङमा इलाका प्रहरी कार्यालयले प्रहरी कर्मचारीको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बीएमआई परीक्षण’ कार्यक्रम सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १४:११

२४ साउन, काठमाडौं । मोरङको लेटाङमा इलाका प्रहरी कार्यालयले प्रहरी कर्मचारीको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बीएमआई परीक्षण’ कार्यक्रम सुरु गरेको छ ।

‘स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीको उचाइ र तौल मापन गरी बीएमआई परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा प्रहरी कर्मचारीलाई आफ्नो बीएमआईको अवस्थाबारे जानकारी गराउँदै सन्तुलित खानपान, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्वबारे आवश्यक जानकारी तथा सुझाव दिइएको छ ।

यसै अवसरमा कार्यालयले उचाइसमेत मापन गरी तौल परीक्षण गर्ने विद्युतीय उपकरण, कार्यालय परिसरमा निर्माण गरिएको बीएमआई तालिका तथा व्यायाम क्षेत्रसमेत औपचारिक रूपमा प्रयोगमा ल्याएको छ ।

प्रहरी कर्मचारीलाई नियमित शारीरिक व्यायाममा सहभागी गराउँदै स्वस्थ, चुस्त र सेवामुखी प्रहरी जनशक्ति निर्माण गर्ने लक्ष्य कार्यालयले इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले बताए ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको बताउँदै स्वस्थ प्रहरी मात्रै प्रभावकारी रूपमा नागरिक सेवामा समर्पित हुन सक्ने बताए । प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीले हरेक महिना अनिवार्य रूपमा बीएमआई परीक्षण गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको प्रहरी निरीक्षक साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?