News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको छापा प्रकरणमा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ ।
- प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले शुक्रबार पत्रकार सम्मेलनमा 'सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन' भन्नुभयो ।
- प्रहरी प्रधान कार्यालयले व्यवसायी मुदण्डाको घरमा छापा मार्नुको कारणसहित लिखित जवाफ पेस गर्न जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधेको छ ।
२२ साउन, काठमाडौं । विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा सूचनाको भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।
‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने ।
मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण समेत सोधेको थियो ।
व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुका कारणसहित लिखित जवाफ पेस गर्न भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4