+
+
Shares

विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा छापा, रित्तो हात फर्कियो प्रहरी

अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अवैध रकम लुकाएको आशंकामा प्रहरीले कोशी प्रदेशका उद्योगी प्रकाश मुन्दडाको घरमा पाँच घण्टासम्म खानतलासी गरेको छ ।
  • मोरङ प्रहरीले विशेष सूचनाका आधारमा छापा मारे पनि कुनै शंकास्पद वस्तु फेला नपरेपछि रित्तो हात फर्किएको छ ।
  • प्रहरीले केही नभेटेपछि आफूहरूले क्लिन चिट पाएको व्यापारी मुन्दडाको परिवारले जानकारी दिएको छ ।

१८ साउन,विराटनगर । अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ ।

अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।

अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो । ‘विशेष सूचनाका आधारमा छापा मारिएको हो,’ उनले भने,‘ घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, केही भेटिएन ।’

देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताए । ‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्यौँ,’ उनले भने,‘ सबै ठाउँ हेर्नुभयो, अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?