+
+
Shares

जामजाम ब्रदर्स नेपाल आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबईका चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नयाँ पर्फ्युम ब्रान्ड सार्वजनिक गर्ने उद्देश्यले नेपाल आइपुगेका छन् ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई ढाकाटोपी लगाई स्वागत गरिएको छ र उनीहरूले नेपालको मौसमको प्रशंसा गरेका छन् ।
  • जामजाम ब्रदर्सले शनिबार दिउँसो १ बजे सिभिल मलमा आफ्नो नयाँ पर्फ्युम ब्रान्ड लन्च गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौ । दुबईस्थित चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नेपाल आइपुगेका छन् । जामजाम ब्रदर्सले सामाजिक सञ्जालमार्फत नेपाल आइपुगेको जानकारी सार्वजनिक गरेका हुन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाकाटोपी लगाइदिएर स्वागत गरिएको छ । काठमाडौं एयरपोर्टमा संचारकर्मीसँग कुरा गर्दै उनीहरूले नेपालको मौसमको प्रशंसा गरे ।

भाइरल भिडियो र जामजाम इलेक्ट्रोनिक्स ब्रान्डमार्फत अन्तर्राष्ट्रिय रूपमा परिचित उनीहरूको नेपाल आगमनसँगै सामाजिक सञ्जालमा नेपाली प्रशंसक उत्साहित देखिएका छन् ।

उनीहरू पर्फ्युम ब्रान्ड लन्च गर्न नेपाल आएका हुन् । शनिबार दिउँसो १ बजे सिभिल मलमा उनीहरूले जामजाम पर्फ्युम लन्च गर्ने कार्यक्रम छ । आफ्ना भिडियोमार्फत उनीहरू संसारभर प्रसिद्ध छन् ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?