+
+
Shares

पूर्वमिस नेपाल आस्माले राप्रपाबाट सक्रिय राजनीति गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध हुँदै सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेकी छिन्।
  • आस्माकुमारी केसीले आगामी दिनमा पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेर देश र युवाका लागि काम गर्ने योजना खुलाइन्।
  • केही वर्षअघि युवा केन्द्रीय सदस्य नियुक्त भएकी केसीले आफू देशका लागि काम गर्न उत्साहित रहेको बताइन्।

काठमाडौं । पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी छिन् । राजधानीमा आयोजित राप्रपाको कार्यक्रममा उनले युवा र पूर्वमिस नेपाल भएकाले देशको लागि काम गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताएकी छन् ।

अब युवाले के चाहन्छन् भन्ने कुराले आफू उत्साहित रहेको जनाउँदै अस्मीले पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेको आगामी दिनमा काम गर्ने बताइन् ।

उनले भनिन्, ‘आउने दिनमा म काठमाडौंको कमिटीसँग नजिक रहेर काम गर्न चाहन्छु । एक देशको युवा, पूर्वमिस नेपालको दायित्वले पनि देशको लागि काम गर्नु मुल दायित्व हो भन्ने मेरो मान्यता छ । अब युवाले के चाहन्छन् भन्ने कुराले अघि बढ्न म अति नै उत्साहित छु ।’

सो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले बोलेका थिए । केही वर्षअघि राप्रपाले आस्मालाई युवा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । मिस नेपालको भूमिकामा काम गर्नुपर्ने भएकाले त्यतिबेला उनी सक्रिय राजनीतिमा देखिएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?