+
+
Shares

प्रधानमन्त्रीसँगको भेटबारे भारतीय राजदूत : सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने कुरा भयो

 प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल गरेका छन् ।
  • राजदूत श्रीवास्तवले प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको बताएका छन् ।
  • प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् ।

उनले प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको उल्लेख गरे ।

‘आज बिहान नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेँ। भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भयो’ राजदूतले भनेका छन् ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?