News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका एसपी कवित कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ।
- व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुको कारण र प्रमाणबारे एसएसपी योगेन्द्रसिंह थापाले स्पष्टीकरण सोधेका हुन् ।
- सूचनाको भेरिफाई नगरी छापा हानेर व्यवसायीलाई त्रसित बनाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ।
१९ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।
व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको हो ।
कोशी प्रदेशका एसएसपी योगेन्द्रसिंह थापाले पत्र काट्दै स्पष्टीकरण सोधेका हुन् । व्यवसायी मुदण्डको घरमा छापा हानेर केही पनि नभेटिएको भन्दै मोरङ प्रहरीले विज्ञप्ति जारी गरेको थियो ।
सूचनाको भेरिफाई नगरी छापा हानेर व्यवसायीलाई त्रसित बनाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । छापा हान्नुको कारण, सूचना, केही प्रमाण फेला परे सो समेत पेस गर्न भनिएको छ ।
प्रतिक्रिया 4