+
+
Shares

सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ : आङदेम्बे

न्यायीक छानविन समिति गठन माग

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीलगायतका जिल्लामा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
  • उनले घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन्।
  • आङदेम्बेले क्षति भएका सम्पत्तिको विवरण संकलन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

१९ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन गरी क्षतिपूर्तिको व्यबस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।

‘हाम्रो स्पष्ट माग छ, यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वशनीय छानबिनका लागि न्यायीक छानविन समिति गठन गर्नुपर्छ भन्ने माग गर्दछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?