+
+
Shares

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : आङ्देम्बे   

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी फुटाउन नभई एकता कायम गर्न सबै नेताहरूलाई आग्रह गरेका छन् ।
  • भरतपुरमा आयोजित ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
  • वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

६ साउन, चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।

वृक्षरोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?