२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सार्वजनिक गरेको शासकीय सुधाकार १०० बुँदामा जनताले आशा गर्ने ठाउँ नभएको टिप्पणी गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शासकीय सुधारका १०० बुँदालाई हात्तीका देखाउने दाँत भएको टिप्पणी गरेका हुन् ।
उनले पारदर्शीताको विषय उठाएर सत्तामा पुगेकाहरूबाटै अपारदर्शी काम भइरहेको भन्दै आपत्ति जनाए ।
‘वर्तमान सरकार पारदर्शिताको नारा दिएर सत्तामा पुगेको हो । तर, सरकार पूर्णतः अपारदर्शी देखिएको छ । सेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीले राजीनामा दिए । त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने, ‘हामीले पटकपटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्यौँ । तर, सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ । प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासामु ल्याइएको छैन ।’
प्रतिक्रिया 4