+
+
Shares

विरोध होइन, परिणामका निम्ति संसद्‌मा आवाज उठाइरहको छौं : भीष्मराज आङ्देम्बे

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न प्रतिपक्षले निरन्तर खबरदारी गरिरहेको बताए ।
  • किसानहरू प्रताडित हुँदा पनि राज्य संवेदनशील नभएकाले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको नेता आङ्देम्बेले उल्लेख गरे ।
  • राजनीतिक दलहरूले जनविश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको उनले स्वीकार गरे ।

८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन् ।

सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै उनले संसद्भित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको दाबी गरे । किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको नेता आङ्देम्बेको भनाइ थियो ।

‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्‍याइरहेको छ,’ उनले भने, ‘त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौं ।’

उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभएर सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे ।

नेता आङ्देम्बेले सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको बताए ।

‘संसद्भित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो । सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो,’ उनले भने, ‘र त्यो काम हामीले निरन्तर गरिरहेका छौं ।’

नेता आङ्देम्बेले देशभरका नागरिकमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको पनि बताए । मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ थियो ।

‘पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ । तर, त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छ,’ उनले भने ।

उनले विगतमा राजनीतिक दलहरूले जनताको विश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको स्वीकार गरे । ‘जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै जनताको आक्रोश र निराशा नयाँ पार्टीहरूतर्फ गएको हो’, उनले भने ।

कांग्रेस अहिले सरकारको विरोधका लागिमात्र विरोध गर्ने पक्षमा नरहेको पनि आङ्देम्बेले स्पष्ट पारे । संसद्मा आफूले व्यक्त गरेका धारणा र कांग्रेस सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देश एउटै रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?