२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कम्तीमा विदेशमा रहेका १०० जना युवालाई स्वदेश फर्काउने भनेर विगतमा दिएको अभिव्यक्ति नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्मरण गरेका छन् ।
‘विदेशबाट फर्काउने भनिएको कम्तीमा १०० युवा कुन विमानबाट आए ? कि ति युवालाई फर्काउने जहाज रनवेबाट उड्नै सकेन ? यसको जवाफ म सरकारसँग माग्न चाहन्छु’ उनले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
चुनावी वाचा केवल वाचामा सीमित राख्न नहुने उनको आग्रह छ ।
सरकारले चुनावमा के कस्ता वाचा गरेको छ भनेर जनताले नियालीरहेको भन्दै उनले प्रश्न गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4