+
+
Shares

बालेनलाई आरेन राइको चेतावनी : लोकतन्त्रमाथि छेडखानी गरे विद्रोह हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १२:३१

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राइले लोकतन्त्रमाथि छेडखानी गरे विद्रोह हुने चेतावनी दिएका छन् ।

‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने फेरि यो सिंहदरवारको विरुद्धमा अथवा सिंहदरवारमा बस्ने शासकहरूको विरुद्धमा फेरि पनि विद्रोह हुन्छ’, सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

चुनाव अगाडि मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेन्द्र शाह (बालेन)ले प्रदेशलाई थप बलियो बनाउने बताएका थिए । तर प्रधानमन्त्री भएपछि त्यसअनुसारको व्यवहार हुन नसकेको भनेर विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशसभा खारेज गर्ने विषय समावेश छ । जसलाई महाधिवेशनले अगाडि बढाएको छ ।

यो पृष्ठभूमिमा श्रम संस्कृति पार्टीका सांसद राईले संविधान संशोधन गर्ने भए अझ बलियो प्रदेश, अझ धेरै समावेशी अधिकार प्रदान गर्नुपर्ने बताए । महिलाको उपस्थिति राज्यका सबै निकायमा ५० प्रतिशत पुर्‍याउने गरी संविधान संशोधन गर्न सुझाए ।अन्यथा, लोकतन्त्रमाथि छेडखानी गर्न खोजिए फेरि विद्रोह हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?