News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सरकारी च्यानलले सुप्रिम लिडर मोजतबा खामेनेईको भनाइलाई अपूर्ण रूपमा प्रसारण गरेको भन्दै आलोचना गरेका छन्।
- पेजेस्कियानले खामेनेईले अमेरिकासाग वार्ताका लागि मञ्जुरी दिएको भए तापनि च्यानलले वार्ता अस्वीकारको अंश मात्र देखाएको आरोप लगाएका छन्।
- बुधबार बिहान अमेरिकी सेन्टकमले इरानका विभिन्न ठेगानामा ११औं चरणको हमला गरेको छ।
६ साउन, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले त्यहाँको सरकारी न्युज च्यानल आइआरआइबीको आलोचना गरेका छन्।
उक्त च्यानलले सुप्रिम लिडर मोजतबा खामेनेईको पूरा बयान नदेखाइ एउटा निश्चित अंश मात्र प्रसारण गरेको पेजेस्कियानले बताएका हुन्।
मसुद पेजेस्कियानले भने, ‘अमेरिकाको साथ कुराकानीको लागि खामेनेईले मञ्जुरी दिएका थिए। तर टिभी च्यानलले खामेनेईको ती बयानमा मात्र ध्यान दियो, जसमा कुराकानी गर्न अस्वीकार गरिएको थियो।’
उनले कुराकानीको विषयमा भइरहेका गलत टिप्पणीको आलोचना गरे। पेजेस्कियानले एकता र आपसी सहयोग कायम राख्न अपिल पनि गरे।
यसैबीच, अमेरिकी सेन्टकमले बुधबार बिहान इरानका विभिन्न ठेगानामा हमला गरेको छ। एक घण्टासम्म यो हमला सेन्टकमले ११औं चरणको भएको जानकारी दिएको छ ।
प्रतिक्रिया 4