+
+
Shares

गणेश नेपालीको मृत्युपछि भीष्मराज आङ्देम्बे : विवेकहीन शासन पद्दतिको मुहार चिनियो

उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि सरकारको चर्को आलोचना सुरु भएको छ ।
  • नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले शासन व्यवस्थाको असफलताले युवाले आत्मदाह गर्ने अवस्था सिर्जना भएको आरोप लगाउनुभएको छ ।
  • उहाँले वर्तमान सरकारलाई एलिट वर्गप्रति नभई गरीब जनतामुखी नीति र शासकीय शैली अपनाउन आग्रह गर्नुभएको छ ।

२६ असार, काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको आज मृत्यु भएपछि सरकारको आलोचना सुरु भएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक कवितासँगै सरकारप्रति कटाक्ष गरेका हुन् ।

‘२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका एउटा २५ बर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।’

उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् ।

‘उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन्,’ उनले भने, ‘आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ।’

यस्तो छ उनको भनाइ

*अँध्यारो*
गाउँबाट
कठीन कर्णालीले
भगायो ।
शहरमा
कठोर प्रणालीले
जलायो ।
चौबाटोमा
देह जल्छ जब
मसाल झैं ।
निसन्देह!
त्यो शहर त्यो सत्ता
अँध्यारोमा छ।
——
२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका यौटा २५ बर्षिय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो। यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।
उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन् । आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ। भनिन्छ नि- under every strict regime, people always find ways not to be governed! वर्तमान सरकारले आफूमाथि जबर्जस्ति हावी हुन थालेको हुनेखाने (एलिट) वर्गप्रेमी छवि हटाई यथासक्य हुँदाखाने (गरीब) जनतामुखी बन्नु अति जरुरी छ। अभूतपूर्व जनअपेक्षा र आशा लिएर बनेको सरकारले नै त्यसो गर्नसक्छ। जयहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?