+
+
Shares

बत्तीको वरिपरि कीरा झुम्मिएर हैरान हुनुहुन्छ ? हटाउने ६ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १९:१३

गर्मीको मौसम अनि वर्षायाम पनि सुरु हुँदा आइपर्ने एउटा समस्या हो –घरभित्र धेरै कीरा देखापर्नु । तपाईंले घरको कम्पाउन तथा करेसाबारीमा तरकारी तथा बोट बिरूवाहरू लगाउनु भएको छ भने त यो समस्या अझ बढी हुन्छ ।

रातिमा बाहिर अँध्यारो भएपछि भित्र बत्तीको उज्यालोमा कीरा आकर्षित हुने गर्छन् । यसमा पुतली तथा उड्ने कीराहरूको संख्या  हुन्छन् ।

बत्तिमा झुम्मिने यस्ता यी कीराहरू खानामा पर्छन्, शरीरमा टाँसिन्छन् र बिछ्यानातिर रगरग गरिरहेका हुन्छन् ।  कुनै दिन त यिनले घर तथा कोठा नै कब्जा गरिरहेका हुन्छन् ।

यस्तो कीराबाट कसरी छुटकारा पाउने त ?

१. प्रकाशको पासो बनाउने

प्रकाशको पासो स्थापना गर्न, घरको कुनै भागमा बत्ती बाल्नुहोस् । मानौं तपाईंले बाल्कनीमा बत्ती बाल्नुभएको छ भने । कीराहरू यो बत्ती वरिपरि घुम्न थाल्नेछन् । बत्तीको ठीक तल पानीले भरिएको बाल्टिन वा टब राख्नुहोस् र पानीमा थोरै तरल साबुन वा डिटर्जेन्ट मिसाउनुहोस् । कीराहरू बत्तीमा टाँसिनेछन् र पानीमा आफ्नो प्रतिबिम्ब देखेर त्यसमा खस्नेछन् । पानीमा मिसाइएको साबुनले तिनीहरूलाई भाग्नबाट रोक्छ ।

२.बत्तीको रङ परिवर्तन गर्ने

वर्षाको समयमा कीराहरू प्रायः सेतो वा नीलो प्रकाशमा आकर्षित हुन्छन् । त्यसैले, आफ्नो ढोकामा रहेको बत्तीको रङ परिवर्तन गर्नुहोस् । तपाईं पहेंलो वा बढी तातो हुने सुन्तला रङको बत्ती प्रयोग गर्न सक्नुहुन्छ ।

३.नीम र कपूर स्प्रे छर्ने

कीराहरू भगाउन नीम र कपूर स्प्रे बनाउन सकिन्छ । पानीमा नीमको रस वा धुलो कपूर मिसाउनुहोस् । यो पानी ढोका, झ्याल र बत्ती वरिपरि छर्कनुहोस् । नीम र कपूरको गन्धले कीराहरू भाग्छन् ।

४.सकेसम्म बत्ती नबाल्ने

साँझ परेपछि, बरण्डादेखि घरबाहिर सबैतिरको बत्ती बालेर छाड्ने चलन धेरैको घरमा हुन्छ । आवश्यक भएका बाहेक अन्य बत्ती नबाल्दा कीरा आउने सम्भावन कम हुन्छ । बरण्डा तथा बाहिरका बत्ती धेरै समय बालेर राख्न टाढा–टाढा सम्मका कीरा आएर वरिपरि झुम्मिन्छन् । आवश्कय परे एकैछिन बाल्ने र काम सकिएपछि निभाइहाल्ने गर्नुपर्छ ।

५.घरमा ओसिलोपन बढ्न नदिने

यदी घरमा ओसिलोपन बढ्यो भने पनि त्यसले कीराहरूलाई आकर्षित गर्छ । घरलाई ओसिलोपनबाट जोगाउँदा वर्षामा बस्ने कीराहरूलाई टाढा राख्न मद्दत गर्न सक्छ ।

६.झ्याल ढोकामा जाली राख्ने

यो प्रायले गर्दै आएको उपाय नै हो । गर्मीको समय भएकाले झ्याल, ढोका पूरा बन्द गरेर भित्र सम्भव हुँदैन । त्यसो भएकाले कीराहरू भित्र पस्न नदिन झ्याल ढोकामा जाली राख्ने एक समान्य उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?