+

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

२०८३ असार  २२ गते १४:५४ २०८३ असार २२ गते १४:५४
बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

५-६ वर्षका बच्चाहरू देख्दा निकै सुन्दर हुन्छन् । उनीहरू जब हाँस्छन्, त्यो बेला झन् प्यारा देखिन्छन् । तर कोही कोही बच्चाहरू मुस्कुराउनेबित्तिकै उनीहरूका काला दाँतले त्यो सुन्दरता खोसिरहेको हुन्छ ।

बच्चाहरूको दाँत धेरै कालो भएको, केही भाग खिइएको, प्वाल परेको हामीले धेरै देखिरहेका हुन्छौँ । यस्तो अवस्थामा बच्चाको दाँतको हेरचाह किन नगरेको भनेर तिनका आमाबुबा तथा अभिभावकलाई सोधियो भने उनीहरूले यसमा खासै चिन्ता व्यक्त गर्दैनन् । साटिने दाँतको हो, यो झरेर अर्को आउँछ त्यसपछि सबै ठीक भइहाल्छ नि ! धेरैले भन्ने र सोच्ने कुरा हो यो ।

तर यस्तो सोचेर सानै बेलादेखि बच्चाको दाँतको हेरचाह नगरिदिनु ठूलो भूल हो ।

यसरी दाँत खराब हुँदा त्यसको संक्रमण बढ्दै गएर भित्रका अरू नसाटिने दाँत पनि बिग्रिन सक्छन् । झरेको दाँतको जरा पनि सडेको छ भने यसले नयाँ दाँतको जरालाई पनि क्षति पुर्‍याउन सक्छ ।

सड‍ेका दाँतमा हुने प्वालले जरालाई क्षति पुर्‍याउँछ र यसो हुँदा त्यो दाँत झरेपछि स्थायी दाँत निस्कन गाह्रो बनाउन सक्छ । नयाँ दाँत आउँदा बाङ्गोटिङ्गो हुने जोखिम हुन्छ ।

अर्को भनेको साटिन दाँत भए पनि त्यसमा कीरा लाग्ने, सड्ने हुँदा दुखाइ हुनु सक्छ । यसले बालबालिकाको पढाइ तथा दैनिक गतिविधिमा असर पनि पर्न सक्छ । दुखाइले निद्रा बिग्रिने तथा यसबाट अन्य स्वास्थ्य समस्या पनि देखिन सक्छ ।

आमाबाबुले के गर्ने

यदि बच्चाको अस्थायी दाँतमा कुनै समस्या देखियो दाँत कालो भयो, कीरा लाग्यो भने दन्त चिकित्सकलाई देखाउनुपर्छ ।

एउटा दाँत आएपछि नै सफा गरिदिन सुरु गर्नुपर्छ । गिजा फोहोर हुने भएकाले ६ महिनादेखि नै बच्चाको गिजामा विशेष खालको ब्रशले मालिस गर्नु राम्रो हुन्छ । यसले गिजाको दुखाइ कम गर्न र मौखिक स्वच्छता कायम राख्न सक्छ । दाँत आउने प्रक्रिया पनि सहज रूपमा अगाडि बढ्छ ।

यदि बच्चा १-२ वर्षको छ भने, ब्रश गर्नु आवश्यक छ । नरम ब्रस र बच्चाकै लागि भनेर बनाइएका टुथपेस्टको प्रयोग गरि बच्चाको दाँत सफा गरिदिनुपर्छ । यदि बच्चा २ वर्षभन्दा माथिको छ भने, उसलाई फ्लोराइडयुक्त टूथपेस्ट नै प्रयोग गरेर दाँत माझिदिनुपर्छ ।

राति सुत्नुअघि उसलाई चकलेट, मिठाई तथा गुनियो कुरा खान दिनु हुँदैन । यस्ता खानेकुरा खाएपछि ब्रस गर्न लगाउनुपर्छ ।

कीरा दाँत बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

२१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्तीले पाइन् नयाँ जीवन

२१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्तीले पाइन् नयाँ जीवन

गर्भावस्थामा जेनेटिक परीक्षण किन आवश्यक ? कसले, कहिले गराउनुपर्छ ?

गर्भावस्थामा जेनेटिक परीक्षण किन आवश्यक ? कसले, कहिले गराउनुपर्छ ?

अक्सिजन चाहिने बिरामीका लागि ‘पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर’ कति उपयोगी ?

अक्सिजन चाहिने बिरामीका लागि ‘पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर’ कति उपयोगी ?

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?