+
+
Shares

करारका कर्मचारीले गरे बहुप्राविधिक  शिक्षालयको प्रशासन र लेखामा ताला

सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा करारका कर्मचारीले आफ्ना माग पूरा गराउन प्रशासन तथा लेखा फाँटमा तालाबन्दी गरेका छन्।
  • सीटीईभीटीअन्तर्गत देशभर कार्यरत कर्मचारीले सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम शुरू गरेका हुन्।
  • शिक्षालयका सूचना अधिकारी महेशराज भट्टको संयोजकत्वमा गठित संघर्ष समितिले शिक्षालयमा कार्यरत २० भन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्दै यो आन्दोलन अगाडि बढाएका छन्।

१९ साउन, बैतडी । बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् । करारका कर्मचारीले आज दिउँसो २ बजे प्रशासन तथा लेखा फाँटमा तालाबन्दी गरेका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

सोही आन्दोलनको घोषणाअनुसार पाटनको भीमदत्त बहुप्राविधिक शिक्षालयमा आज तालाबन्दी गरिएको शिक्षालयका सूचना अधिकारी महेशराज भट्टले जानकारी दिए। उक्त क्याम्पसमा भट्टकै संयोजकत्वमा संघर्ष समिति रहेको छ ।

सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको गरिएको छ । सो प्राविधिक शिक्षालयमा २० जनाभन्दा बढी करार कर्मचारीहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?