+
+
Shares

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रासस रासस
२०८३ साउन १९ गते १५:२९

१९ साउन, जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याएकामा सन्तोषलाई तत्काल चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते शङ्करलाई थप उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगेको र उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी घिमिरेले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?