२२ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तहसनसह भएको प्रहरी वृत्त गौशालाको भवन पुनर्निर्माण अन्तिमचरणमा पुगेको छ ।
जेनजी आन्दोलनको क्रममा प्रहरी भवन, हिरासत, ब्यारेक पूर्णरुपमा क्षति भएको थियो । आगजनी र तोडफोडबाट क्षति भएको उक्त भवन अहिले पुनर्निर्माण सकिनेक्रममा पुगेको वृत्त गौशालाका डीएसपी प्रकाश श्रीमलले बताए।
भवन पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका, तथा वडा ७, ८, ९, अन्य विभिन्न संघसंस्थाहरुले योगदान गरेको बताइएको छ । भवन निर्माणका लागि द्धारिकाज् होटलले मात्रै ४५ लाख रुपैयाँ सहयोग थियो।
भवन निर्माण समितिका अध्यक्ष आशामान संगतले भवन सम्पन्न हुन लागेको बताए। अहिले ब्यारेक, हिरासत, प्रहरी भवन सबै पुनर्निर्माण गरिएको छ। यसअघि हिरासत नहुँदा भने अन्य प्रहरी कार्यालयमा लगेर समेत थुनुवा राख्नुपर्ने अवस्था थियो।
प्रतिक्रिया 4