News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रे प्रहरीले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभका सञ्चालक राजकुमार पोतेलाई करोडौं मूल्यको नक्कली पार्टपूर्जासहित पक्राउ गरेको छ।
- प्रहरीले अवैध रूपमा टाटा गाडीका पार्टपूर्जा र लुब्रिकेन्टस् बेच्ने पसल तथा १० वटा गोदाममा सिलबन्दी गरेको छ।
- यस्ता अवैध धन्दाले राजस्व छली हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढाउने भन्दै प्रहरीले देशव्यापी रूपमा कारबाही तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।
२२ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका नक्कली पार्टपूर्जा बरामद गरेको छ । सञ्चालक राजकुमार पोते पक्राउ परेका छन् ।
अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस् आयात गरी बिक्री वितरण गरेको पाइएपछि उनको पसलमा छापा मारिएको हो ।
प्रहरी द्वारा उनको पसल र १० वटा गोदाममा सिलबन्दी गरी पोतेलाई पक्राउ गरिएको छ। उनी यसअघि पनि बारम्बार राजस्व ठगीको केसमा पक्राउ भइ कारबाहीमा परेका व्यक्ति हुन् ।
यस्ता नक्कली पार्टपूजाहरूका प्रयोगले गाडीहरूको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षती हुनुको साथै राजश्वको ठूलो हिस्सा गुम्न जान्छ ।
साथै वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरू प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाटै पलायन हुने अवस्थामा पुग्न सक्छन् । प्रहरी प्रशासनले देशभर यस्ता अवैध कारोबार मा संलग्न व्यक्तिहरूको व्यापक खोजी कार्य र कारबाहीलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4