+
+
Shares

प्रभावित वडामा कम्तीमा १० जना बाँदर हेरालु परिचालन गर्न रास्वपा सांसदको माग

रास्वपाका सांसद सुशील खड्काले किसानले उत्पादन गरेको कृषि उपजको बजार र बाँदरले दिइरहेको दु:खको विषय संसद्‍मा उठाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद सुशील खड्काले किसानका बालीनालीमा बाँदरले पुर्‍याएको क्षति र कृषि उपजको बजार व्यवस्थापनको विषय संसद्मा उठाएका छन् ।
  • बाँदरले बाली सखाप पारेपछि धेरै किसानले खेती गर्नै छाडेकाले सरकारले तत्काल वन्यजन्तु हेरालु तथा नियन्त्रक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ ।
  • सांसद खड्काले बाँदर हेरालुको व्यवस्था गर्दा देशभर पाँच लाख रोजगारी सिर्जना भई १०० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक लाभ हुने दाबी गरेका छन् ।

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले किसानले उत्पादन गरेको कृषि उपजको बजार र बाँदरले दिइरहेको दु:खको विषय संसद्‍मा उठाएका छन् ।

आफू आफ्नो निर्वाचन क्षेत्र बाग्लुङ पुग्दा किसानका बारीमा हजारौं सुन्तलाका बोटहरूमा लटरम्म सुन्तला फलेको देखेको उल्लेख गर्दै उनले भने, ‘तर फल फलेकोमा उनीहरू खुसीको सट्टा मेहनत त्यतिकै बाँदरले एकैछिनमा सखाप पार्ने ठूलो चिन्ता छ ।’

कतिपय किसानले नयाँ बिरुवा रोप्न पनि छाडेको उल्लेख गर्दै उनले सरकारलाई भने, ‘एकातिर हामी वन्यजन्तु नियन्त्रणको उपाय खोजिरहेका छौं अर्को तर्फ हाम्रा हजारौं युवा रोजगारीको खोजीमा खाडीको उखर मौलो गर्मीमा उँट र भेडा चराउन बाध्य छन् ।’

गत वर्ष बाग्लुङ म्याग्दी र पर्वत गरेर १०० करोड बढीको सुन्तला बिक्री भएको उल्लेख गर्दै उनले यसको संरक्षण गर्नका सरकारको भूमिका आवश्यक रहेको औंल्याए ।

‘किसानको चिन्ता हटाउन र उत्पादन सुनिश्चित गर्न यो आम्दानीको सानो हिस्सा मात्र पनि हामीले उत्पादन हुने वडामा कम्तीमा १० जना बाँदर हेरालु तुरुन्तै परिचालन गर्न सकिन्छ,’ उनी भन्छत्, ‘यो मोडलमा देशैभर कम्तीमा ५ लाख नयाँ हरित रोजगारी सिर्जना गरे १०० अर्ब बढीको आर्थिक लाभ राज्यले तुरुन्तै पाउन सक्छ ।’

सेन्सर ड्रोन र अलार्म जस्ता प्रविधि प्रयोग गर्न सकिने उल्लेख गर्दै उनले थपे, ‘तर किसान तत्काल राहत चाहन्छन् । तसर्थ यस सम्मानित सदनका मार्फत म माग गर्दछु– वन्यजन्तु प्रभावित स्थानीय निकायमा तत्कालै व्यावसायिक वन्यजन्तु हेरालु तथा नियन्त्रक कार्यक्रम सञ्चालनमा ल्याइयोस् । सो पेसालाई राज्यले प्रोफेसनल पेसाको रूपमा रिकग्निसन दियोस् र यो कार्यक्रमलाई दिगो बनाउन आवश्यक विधेयक तत्काल ल्याइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?