+
+
Shares

जनकपुरमा साहु-महाजनको प्रदर्शन

मधेशका आठवटै जिल्लाबाट भेला भएका उनीहरू पीडित लेनदेन संघर्ष समितिको ब्यानरमा प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका आठवटै जिल्लाबाट आएका साहु-महाजनहरूले जनकपुरधाममा भेला भई लेनदेन संघर्ष समितिको ब्यानरमा विरोध प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीहरूले मिटरब्याज पीडितहरूसँग गरिएको नौ बुँदे सहमति खारेज गर्न र सरकारका निर्णय फिर्ता लिन माग गरेका छन्।
  • समितिका अध्यक्ष विजय यादवले माग पूरा नभए भदौ १ गतेदेखि काठमाडौं केन्द्रित कडा आन्दोलन र सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन्।

२२ साउन,  जनकपुरधाम । साहु-महाजनहरूले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

मधेशका आठवटै जिल्लाबाट भेला भएका उनीहरू पीडित लेनदेन संघर्ष समितिको ब्यानरमा प्रदर्शन गरेका हुन् ।

उनीहरू जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका छन् ।

मिटरब्याज पीडितहरूसँग ९ बुँदे सहमति गरेको एकपक्षीय सहमति खारेज गर्नुपर्ने, मन्त्री परिषदबाट गरिएका निर्णयहरू फिर्ता गर्नुपर्ने लगायतका माग गरेका छन् ।

पीडित लेनदेन संघर्ष समिति, मधेशका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । आगामी भदौ १ गतेदेखि काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने र माईतीघरमा धर्ना दिने कार्यक्रम तय गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?