+
+
Shares

‘२४ भदौको घटनामा मुद्दा फिर्ता लिन भनेर कुनै पत्र आएको छैन’

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले मुद्दा फिर्ताबारे कुनै पत्र नआएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत २४ भदौको घटनामा जोडिएका व्यक्तिहरूको मुद्दा फिर्ता लिने सम्बन्धमा कुनै पनि औपचारिक पत्र प्राप्त नभएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।
  • शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले कानून उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याउने काम भइरहेको बताए ।
  • महान्यायाधीवक्ताको कार्यालयले मुद्दा फिर्ता लिन पत्राचार गरेको भन्ने प्रश्नमा प्रवक्ता काफ्लेले उक्त दाबीलाई अस्वीकार गर्दै अनुसन्धान जारी रहेको उल्लेख गरे ।

२२ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमध्ये २४ को घटनामा जोडिएका मुद्दा फिर्ताबारे कुनै पत्र नआएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले मुद्दा फिर्ताबारे कुनै पत्र नआएको बताए ।

२४ भदौको घटनामा महान्यायाधीवक्ता कार्यालयले मुद्दा फिर्ता लिन भन्दै पत्राचार गरेको हो भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता काफ्लेले उक्त कुरा बताएका हुन् ।

‘२४ भदौको घटनामा मुद्दा चलाइएकाहरू मुद्दा फिर्ताका लागि भनेर हामीले कुनै पत्र आएको छैन । कानुन उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याएर प्रहरीले कानुन बमोजिम गर्ने काम गरिहरेको छ,’ प्रवक्ता काफ्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?