News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सूर्यविनायकस्थित उत्साहित सुधार गृहमा राखिएका एक युवकको उपचारका क्रममा आइतबार बिहान ४ बजे मृत्यु भएको छ।
- सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले कुटपिटबाट युवकको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।
- घटनापछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ।
२४ साउन, काठमाडौं । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको थियो ।
उपचारका लागि अस्पताल लगिएकोमा उनको आइतबार बिहान ४ बजे मृत्यु भएको बताइएको छ । तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन् ।
उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4