News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका सई सरोज गिरी र होटल सञ्चालक सुजन तामाङसहित १६ जना रहेका छन् ।
- प्रहरीले घटनास्थलबाट १३ लाख १७ हजार १२५ रुपैयाँ बरामद गरी अनुसन्धान अघि बढाएको छ ।
२६ साउन, काठमाडौं । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गको टोलीले लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरबाट मंगलबार बिहान १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका सई सरोज गिरी समेत छन् । उनीसँगै काभ्रेका रेशम बहादुर घ्यावा, दोलखाकी हेमा गुरुङ, चितवनकी शान्ता लामा, काभ्रेका नवराज नेपाल, सिन्धुपाल्चोकका अमर तामाङ, नुवाकोटका रमन लामा, नुवाकोटकै नवीनकुमार लामा, सन्तोष डंगोल छन् ।
त्यसैगरी झापाका टिकाराम बराल, ललितपुरका उमेश चौधरी, नुवाकोटका मंगलबहादुर तामाङ, चिबहादुर लामा, सिन्धुपाल्चोकका सुमन गरी, यस बहाहदुर तामाङ र नुवाकोटका सुजन तामाङ छन् ।
उनीहरू मध्ये सुजन तामाङ गाउँबेशी थकालीका सञ्चालक हुन् । उनीहरूबाट १३ लाख १७ हजार १२५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4