१५ असाेज,विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नगर सभापतिमा कृष्ण कार्की निर्वाचित भएका छन् ।
निर्वाचनमा कुल ७९६ मत खसेको थियो र कार्की ६४७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी केशव गिरीले १२६ मत प्राप्त गरे । कार्कीले आफ्ना प्रतिस्पर्धी गिरीलाई ५२१ को फराकिलो मतान्तरले पराजित गरे ।
उपसभापति पदमा ४९५ मत ल्याउँदै श्रुति शर्मा विजयी भएकी छन् । उनकाे प्रतिस्पर्धी कृष्णा साहले २२६ मत गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4