+
+
Shares

पूर्व गृह राज्यमन्त्री कँडेलद्वारा खुला सहमहामन्त्रीमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:५९

२० असोज, बुटवल । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नेपाली कांग्रेसको सह–महामन्त्री (खुला तर्फ) मा उम्मेदवारी दर्ता गरेका छन् ।

पश्चिम नवलपरासीका नेपाली कांग्रेसका नेता  कँडेल यसअघि पार्टीका केन्द्रीय सदस्य थिए । लामो समय पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका कँडेल पार्टीको विशेष महाधिवेशनसँगै पार्टी सभापति गगन थापा पक्षमा आएका हुन् ।

कँडेल कांग्रेसको १२औँ महाधिवेशनमा नवलपरासी जिल्ला सभापति र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

२०७४ मा नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी १५औँ महाधिवेशनका लागि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुभएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?