१८ असोज, सिरहा । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका–११ पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाई रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको बलान खोला क्षेत्रमा सवारीसाधन चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
सदाईले बोकेको झोला जाँच गर्दा १२ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजासहित सदाईलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4