४ असोज, काठमाडौं । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट २० क्वीन्टलभन्दा गाँजासहित दुई जना पक्राउ गरेको छ । प्रहरीले करिब दुई हजार १०३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डाक्नेश्वरी–६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4