+
+
Shares

प्रहरीको ब्यारिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा प्रहरीले ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको छ।
  • मंगलबार राति चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्सलाई निगरानीपछि प्रहरीले तीन स्थानमा ब्यारिकेट राखेको थियो।
  • एम्बुलेन्स चालकले प्रहरीको ब्यारिकेट तोडेर भागेपछि सिरहा नगरपालिका–१ हुलाकी सडकमा एम्बुलेन्स छाडेर फरार भएका छन्।

३१ भदौ, सिरहा । सिरहामा एम्बुलेन्सबाट प्रहरीले १०५ किलो गाँजा बरामद गरेको छ।

मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरीका अनुसार एम्बुलेन्समाथि निगरानी गरेको थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरीको ब्यारिकेट तोडेर एम्बुलेन्ससहित चालक भागेका थिए ।

थप प्रहरी परिचालन गरी पछ्याउने क्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडक खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिरहा प्रहरीले जनाएको छ।

एम्बुलेन्स जाँच गर्ने क्रममा पाँचवटा बोराभित्र १०५ किलो गाँजा बरामद भएको एसपी बासुदेव पाठकले जानकारी दिए।

एसपी पाठकका अनुसार बरामद गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। फरार रहेका चालकको पहिचान तथा खोजतलास जारी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?