+
+
Shares

कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:०५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको ललितपुरतर्फका पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
  • ललितपुर प्रहरीले सडक माथिबाट पहिरो खसेर अवरोध भएको जनाएको छ।
  • प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

९ असोज, काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ ।

ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यद्यपि, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?