+
+
Shares

सूर्यबहादुरका नाती सिद्धार्थ कांग्रेसको महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:४२

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

१५औं महाधिवेशनअन्तर्गत उनी धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । सिद्धार्थले खुलातर्फ ६५७ मत ल्याएर चौथो भएका छन् ।

सिद्धार्थका बुवा सुनिल २०७७ सालमा कांग्रेस प्रवेश गरेर सहमहामन्त्री बनेका थिए । उनी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका सुनिलले १५औं महाधिवेशनमा छोरा सिद्धार्थलाई अगाडि सारेका छन् । उनीले यसपल्ट महाधिवेशन प्रतिनिधिमा आकांक्षा राखेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?