News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीभित्रका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गरेको छ।
- बैठकले विगतका कमजोरीको समीक्षा गर्दै पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजना र मार्गचित्र तयार गरेको छ।
- एमालेले लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन सबै नेता–कार्यकर्तालाई आह्वान गरेको छ।
८ असोज,काठमाडौं । नेकपा एमालेले पार्टीभित्र देखिएका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै आन्तरिक एकता थप सुदृढ भएको जनाएको छ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजना निर्माण गर्ने क्रममा विगतका कमजोरीको गम्भीर समीक्षा गरिएको निष्कर्ष निकालेको हो।
बैठकपछि जारी विशेष सङ्कल्पमा विगतमा भएका कमी–कमजोरीलाई सच्याउँदै आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टी सुधार तथा रूपान्तरणका लागि मार्गचित्रसमेत तयार गरिएको एमालेले जनाएको छ।
बैठकले पार्टीका निर्णयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै निष्ठापूर्वक कार्यान्वयन गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
यसबीच पार्टीभित्र देखिएका कतिपय असमझदारी र ‘अस्वस्थता’ बैठकसँगै अन्त्य भएको दाबी गर्दै एमालेले पार्टी भावनात्मक रूपमा थप एकजुट भएको दाबी गरेको छ ।
विशेष सङ्कल्पमार्फत एमालेले अब पार्टीको ध्यान लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित गर्न समग्र पार्टी पङ्क्तिलाई आह्वानसमेत गरेको छ।
बैठकले विगतका अनुभवबाट पाठ सिक्दै संगठनात्मक सुधार, आन्तरिक एकता र पार्टी सुदृढीकरणलाई आगामी कार्यदिशाका रूपमा अघि बढाउने संकेत गरेको छ।
प्रतिक्रिया 4