+
+
Shares

११ क्विन्टल गाँजा बोकेको जिप र मोटरसाइकल बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते ८:३०

१५ असोज, काठमाडौं । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १०२ किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित बा १४ च २९४ नम्बरको जिप र स ६ प ४८५९ नम्बरको मोटरसाइकल बरामद गरेको हो।

२६ वटा बोरामा प्याक गरिएको गाँजाको तौल करिब १ हजार १०२ किलो ६५५ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?