+
+
Shares

भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहाबाट ४९ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ बाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ।
  • शुक्रबार बिहान भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
  • प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र गाँजा छाडेर फरार भएका छन्।

२९ साउन, सिरहा । सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।

गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर-३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई बोरा गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?