+
+
Shares

धनकुटामा ट्रकबाट ६४७ केजी गाँजा बरामद, २ जना पक्राउ

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सशीदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको भेडेटारमा ट्रकमा लुकाइछिपाइ लैजाँदै गरेको ६ सय ४७ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ट्रक चालक उमेश थिङ र सहचालक तुलराम राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
  • प्रहरीले ट्रकबाट कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ४८ पोका गाँजा बरामद गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

२१ साउन, धनकुटा । धनकुटामा ट्रकमा लुकाएर लागुऔषध गाँजा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सशीदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई रहेका छन् ।

कोशी लोकमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा आइतबार बिहान विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकबाट ६ सय ४७ किलोग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकामा गाँजा बरामद भएको हो । बरामद भएको ४८ वटा पोका गाँजाको तौल गर्दा ६ सय ४७ किलोग्राम रहेको पुष्टि भएको रञ्जितकारले बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?