+
+
Shares

मोरङमा १ हजार ३३ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको रतुवामाई नगरपालिका–१० बाट प्रहरीले शुक्रबार १ हजार ३३ किलो गाँजा बरामद गरेको छ ।
  • उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।
  • प्रहरीले ट्रक चालक धनकुटाका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

१५ साउन, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो १ हजार ३३ किलो गाँजा बरामद भएको छ ।

उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल चुनीबारीको टोलीले दिउँसो साढे २ बजेतिर उक्त परिमाणको गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?