+
+
Shares

धनुषामा सर्वपक्षीय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनाको तनावपछि धनुषामा शान्ति कायम गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ ।
  • बैठकमा सांसद, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, धार्मिक गुरु तथा नागरिक अगुवाहरूको सहभागिता रहेको छ ।
  • प्रशासनले यसअघि जारी गरेको कर्फ्यू आज बिहान दुई घण्टाका लागि खुकुलो बनाएको थियो ।

१५ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ ।

सुनसरी घटनालाई लिएर धनुषामा पनि तनाव देखिएपछि उक्त तनाव साम्य पार्नका लागि सर्वपक्षीय बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्यीय, मधेशका चारवटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, धार्मिक गुरु, हिन्दुवादी तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा लगायतको सहभागिता छ ।

सुनसरी घटनालाई लिएर भएको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू लगाएको थियो । प्रशासनले उक्त कर्फ्यु आज बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?